काठमाडौं, फागुन १७- मौलाकालीमा केवलकार निर्माणकालागि सरकारले अनुमति दिएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको उक्त केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली धार्मिक बन समेत गरेर कुल जम्मा २।८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिएको छ । आइएमई समुहको लगानीमा निर्माण हुन लागेको उक्त केवलकार सो समुहले गर्न लागेको दोस्रो परियोजना हो । बनक्षेत्र प्रयोग गर्न नदिने सरकारको निर्णयले गर्दा परियोजनाको काम अघि बढ्न सकेको थिएन ।
यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ । गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्दै छन्। यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ ।
FACEBOOK COMMENTS