काठमाडौं,मंसिर २९ – आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
जस अनुसार कम्पनीले ६ प्रतिशतले हुन् आउने ६ करोड १२ लाख ३६ हजार बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रहेको छ भने बोनस वितरण पछि १ अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS