काठमाडौं, फागुन १९- प्रिमनसुन सुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । आइतबारदेखि प्रि–मनसुन शुरू भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुन मार्च, अप्रिल र मे महिनामा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ । यस अवधिमा बिहानदेखि मध्याह्नसम्म मौसम सफा रहे पनि अपराह्न तथा साँझपख मौसममा बदली हुने मौसमविदले जनाएका छन् ।
यस समयमा गर्मी बढेसँगै जमिन तात्ने कारण वायुमण्डलमा जलवाष्पसहितको विकसित बादलले गर्दा पानी परे पनि १ देखि २ घन्टासम्म पानी पर्ने मौसमविदले बताए ।
FACEBOOK COMMENTS