काठमाडौँ, २ वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न अनुरोध गरिरहेको समयमा काठमाडौंका विद्यालयहरु आइतबारदेखि बन्द हुने तयारी सुरु भएको छ ।
यो जानकारी शुक्रबार दिन सकिने बताइएको छ ।
कोभिड १९ का कारण अतिप्रभावित १४ जिल्लामध्ये एक काठमाडौं पनि हो । स्वास्थ्य मन्त्रालयले आज मात्रै विज्ञप्ति निकाल्दै अति प्रभावित जिल्लामा विद्यालयहरु बन्द गर्नु पर्ने सुझाव दिएको थियो ।
अभिभावक संघले पनि विद्यालय बन्द गर्नु पर्ने आवाज उठाउँदै आएका छन् ।
शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्न पर्ने विषयमा सिसिएमसीमा आफ्नो समीक्षा पठाएको बुझिएको छ ।
FACEBOOK COMMENTS