काठमाडौं, १९ वैशाख – आइतबार देशभर कोरोना भाइरसका ७ हजार २११ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९५ जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ७४४ जना, ललितपुरमा ५५० जना र भक्तपुरमा ३०१ संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार ४ हजार १२० जना संक्रमित थपिएका छन् । आइतबार काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३ जना, सिन्धुपाल्चोकमा ३३ र सिन्धुलीमा ३२ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS