काठमाडौं, वैशाख १९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन हरियाली छाएको छ । आज नेप्से ५४ अंकले बढेर दुई हजार छ सय ६५ दशमलब ११ विन्दुमा पुगेको छ भने ७ अर्ब ३६ करोड ८ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, सानिमा जनरल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक (एनसीसी)को सर्वाधिक कारोबार भएको छ । जसको आज ४२ करोड भन्दा माथीको कारोबार भएको हो । त्यसैगरि, नेपाल रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार हुनेको दोस्रो नम्बरमा रहेको छ । यसको ४० करोडको कारोबार भएको हो ।
FACEBOOK COMMENTS