काठमाडौं, असोज ५ – यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेला नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
अघिल्लो संकरणमा दुई टिमबीचको खेलमा दुबैले एकरएक खेल जितेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादमा राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् ।
यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता खेलाडी रहेका छन् ।
FACEBOOK COMMENTS