काठमाण्डौ — व्यापारिक समूह आईएमई ग्रुपले चोरमारामा सिमेन्ट उद्योग खोल्ने भएको छ ।
व्यवसायी चन्द्रराज ढकाल अध्यक्ष रहेको आइएमई समूहले करिब १० अर्ब लगानीमा सिमेन्ट कारखाना खोल्ने भएको हो ।
यसअघि बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरेको यो समूहले आईएमई ब्रान्डको सिमेन्ट कारखाना सुरु गर्न लागेको हो ।
पूर्वी नवलपरासीको पाल्पासँग जोडिएको मध्यविन्दु १० उत्तरी क्षेत्रमा सिमेन्ट कारखाना सुरु गर्न जग्गा खरिद गरेर प्रारम्भिक काम सुरु गरेको छ ।
उद्योगमा सिमेन्ट प्लान्ट ६५ बिघाभन्दा बढी जग्गामा हुने अध्यक्ष चन्द्र ढकालले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS