काठमाडौं, वैशाख १४ । भारतमा सञ्चालन भइरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल)मा सट्टेबाजी गर्ने ११ जना पक्राउ परेका छन् । उनीहरुले संघीय राजधानी काठमाडौंको विभिन्न स्थानमा बस्दै आईपीएलमा सट्टेबाजी गर्दै आएका थिए ।
काठमाडौं महानगरिय प्रहरीले उनीहरुलाई सोमबार अबेर पक्राउ गरेको हो । उनीहरुको साथबाट १७ थान मोबाइल, २ लाख ९६ हजार रुपैयाँ नगद, डायरी, बेटिङमा प्रयोग भएको कागजात बराबद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि यतिबेला प्रहरी हिरासतमा राखिएको छ । भारतमा आईपीएल चल्दा हरेक वर्ष सट्टेबाजी गर्नेहरु नेपालबाट पक्राउ पर्छन् ।
खासगरी, नेपालमा व्यवसायीक खेल प्रतियोगितामा प्रेडेक्सन गरेर बेट गर्न अनुमति छैन । सोहीकारण, बेटिङ गरेको सूचना आउना साथ प्रहरीले त्यसमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।
FACEBOOK COMMENTS