नयाँ दिल्ली, २१ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको बताइएको छ ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’
अब कोरोना संक्रमणको अवस्थामा कमी आएपछि मात्रै खेल सुचारु गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS