काठमाडौं,फागुन २९- आईपे रेमिट प्राली ,नेपाल क्लियरिङ हाउस लिमिटेडको एनसिएचएल–आइपिएस र कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको छ।
यो व्यवस्थाअनुसार आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमार्फत ुरियल टाइमुमा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल–आइपिएसमार्फत तोकिएको समयमा कारोबारहरु गर्न सकिन्छ।
एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहज बनाइरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार रहेको बताइन्छ। यसमा हालसम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्षरप्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन्।
६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक मानिन्छ।यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS