काठमाडौँ, आश्विन २५ – अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्ष (आईसीयू) को अभाव हुँदा एक संक्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।
बुटवलको संक्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आइतबार बिहान बाटैमा मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS