आई एम एस ग्रुप अब नेपालका लागि डिजिआई को आधिकारिक बिक्रेता बनेको छ ।
ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डिजिआई विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्वप्रख्यात भएको कम्पनीको दाबी छ ।
आई एम एस गु्रपले नेपालमा हाललाई Mavic 2 Zoom , Spark Controller Combo White , Mavic Air Black ,Mavic Air White, tello Global ,Phantom 4 Pro V2.0,Spark Fly More Combo Red, Tello Boost Combo, Osmo Mobile 2,Osmo Mobile 2 Part 1 Base DJI का मोडलहरु उपलब्ध गराउने जनाएको छ ।
माथि उल्लेखित मोडलहरु संगै म्व्क्ष् का अरु नया मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुनेछन । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।
आई एम एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र DJI Drone नेपाली बजारमा भित्रयाउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा Drone व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष भनेको ग्राहक को सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो” भने ।
FACEBOOK COMMENTS