काठमाडौं, चैत २३ – एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्न र तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न संसदमार्फत सरकारको ध्यानकर्षण गराए ।
उनले ताप्लेजुङमा केही वर्षभित्रै ५ पटकभन्दा बढी आगलागी भएको जानकारी दिए ।
FACEBOOK COMMENTS