-सेफ लक्ष्मन प्रसाद भण्डारी
आजको दुनियाँ र बिजी समयमा जंक फुडको सेवन बाध्यात्मक बन्दैछ । आधुनिकतासँगै सन्तुलित आहारको भोजन आवश्यक हुदै गएको छ । मासुको प्रचुर प्रयोगले निम्ताउने मुटु रोगबाट बच्न उपायको खोजी गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । झट्ट हेर्दा महँगो लागे पनि ड्राइ फ्रुट्समा मासु भन्दा धेरै सस्तो पर्दछ । एक किलो मासुमा पाइने तत्व २०० ग्राम ड्राइ फ्रुट्समा नै पाउन सकिन्छ । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनुसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउ बिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।
जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन्, उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पार्इयो । जब कि, ड्रार्इ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशत भन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने के कस्ता तत्व पाइन्छन् त ?
बदाम
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टी अक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।यसलाई चट्नीको रुपमा प्रयोग गर्न सकिन्छ । अझ आजभोलि जाडो मौसममा सुर्यको किरणको भिटामिन डि संग झन् बदामको मज्जा लिन सक्नु हुन्छ ।
काजु
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । ५०० ग्राम काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी-६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पार्इन्छ ।जसले थकान हटाउँछ, अनुहार चम्किलो बनाउँछ, दिमाग तेजिलो बनाउँछ साथै युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
पेस्ता
पेस्ता स्वास्थ्यका लागि अति उत्तम मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।यसलाई दुध ,मिठाईसंग लिन सकिन्छ ।
एल्मण्ड-बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पार्इन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशत भन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।बदाममा पोटाशियम, कपर, क्याल्सियम, म्याग्निसियम, आइरन जस्ता पोषक तत्व हुन्छ । सोही कारणले यसले शारीरिक प्रणालीलाई मजबुत बनाएर रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ ।बदाममा पर्याप्त मात्रामा म्याग्निज हुन्छ । जसकाकारण यसले सुगर लेभलाई कन्ट्रोल गर्न र मधुमेहबाट बच्न सघाउँछ ।दैनिक २-३ बदम पानिमा भिजाएर खान सकिन्छ ।
ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथाफोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ई ले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।
किसमिस -सुकाएको अंगुर
किसमिसको सेवनले रक्तनिर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्ततथाकफसम्बन्धीतीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आर्इरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।
(सेफ लक्ष्मन प्रसाद भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका कार्यकारी प्रमुख हुन् ।)
FACEBOOK COMMENTS