काठमाडौं, बैशाख २९- आज देशभरीको मौसम बद्ली रहने छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज देशका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भु-भागमा आन्शिक बदली रहेको छ । आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू–भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
FACEBOOK COMMENTS