काठमाडौं, माघ २३ – आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने तथा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने महाशाखाका मौसमविदले बताएका छन् ।
यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राति भने देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।