काठमाडौं, मंसिर १९ – आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।
FACEBOOK COMMENTS