काठमाडौं, माघ २१ –ट्राफिक नियम उल्लङ्घन गरे अब अनलाइनबाटै जरिवाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिवाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । महाशाखाले आज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।
FACEBOOK COMMENTS