काठमाडौं, पुस २२- पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा फेरि पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने मौसमविदले बताएका छन् ।
त्यस्तै, पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS