काठमडौं, चैत ७ – व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले आजदेखि( शुक्रबार) खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । सरकारले राजधानी लगायतको विभिन्न स्थानमा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री बेच्न लागेको हो ।
सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल, ग्यास, सेनिटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो ।
यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ । जावलाखेलमा पनि ललितपुर महानगरपालिकासँग मिलेर त्यस्तो पसल सञ्चालन हुनेछ ।
कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।
आयात नियमित र सहज भइरहँदा पनि बजारमा कृत्रिम अभाव देखाउन खोजिएको र मन्त्रालयले बजार अनुगमन तीव्र बनाएपछि बजार सहज भइसकेको मन्त्री भट्टले जानकारी दिए । मन्त्री भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको समेत जानकारी दिए ।
FACEBOOK COMMENTS