काठमाडौं,माघ १४ – कृषि विकास बैंकले मंगलबारदेखि ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ । बैंकले हालसम्मकै सर्वाधिक १०.३५ प्रतिशत प्रतिफल सुनिश्चित गरी निकाष्शन गरेको ऋणपत्रको अवधि ७ वर्ष रहने छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँले हुन् आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ‘१०.३५ प्रतिशत एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ नामको ऋणपत्रको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ छ भने न्युनतम २५ कित्ता खरिद गर्नुपर्नेछ । डिबेञ्चर छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म बिक्री गरिनेछ ।
ऋणपत्र जारी गर्न बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन गर्नु पर्ने छ ।
FACEBOOK COMMENTS