काठमाडौं,बैशाख ३०- लकडाउन सुरु भएदेखि बन्द भएको सेयर बजार खुलेको १ घण्टा २३ मिनेटमै बन्द भएको छ ।
नेप्सेले सर्किट सीमा र कारोबार समय घटाएर खोलेको बजारमा १० करोड ४३ लाख रुपैयाँको कारोबार हुँदै बन्द भएको हो ।
नेप्सेले सर्किट सीमा २ प्रतिशत र कारोबार समय २ घण्टा कायम गरेर बजार खोलेको थियो । सेयर सूचक २।० प्रतिशतले घटेपछि बन्द गरिएको हो । ।
बजारमा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच भए । कारोबार खुलेदेखि नै नेप्से घट्दो क्रममा थियो । बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ।
सबै उपसूचकहरु घटेका छन्। बैंकिङ, बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।
FACEBOOK COMMENTS