काठमाडौं, चैत ७ – आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैंकको काउन्टरमा हुने भिडभाड रोक्नको अर्को सूचना जारी नभएसम्मका लागि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्कको व्यवस्था मिलाएको हो ।
बाणिज्य बैकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो सुबिधा घोषणा गरेका हुन् । अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन पेमेन्टमा कुनै शुल्क लाग्ने छैन् । त्यस्तै, देशभित्र जुन सुकै बैंक तथा वित्तिय संस्थाको एटिएमबाट पैसा निकाल्न पनि कुनै शुल्क लाग्ने छैन् ।
शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय भएको हो । नगद कारोबारमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले नागरिकलाई सुरक्षा र डिजिटल कारोबारलाई बढावा दिइएको नेपाल बैंकर्स संघले जनाएको छ ।
FACEBOOK COMMENTS