काठमाडौं, चैत १०- आज (सोमबार) देखि पाँच दिन सेयर कारोबार बन्द हुने भएको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले कोरोनाको जोखिमबाट बच्न सरकारले दिएको निर्णय कार्यान्वयनका लागि ५ दिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार देखि नयाँ सेयर किनबेच बन्द भए पनि खरिद भइसकेका सेयरको राफसाफ भने हुने भएको छ । हाल कारोबार भएको तीन दिनभित्र सेयर राफसाफ तथा फछ्यौट गर्नु पर्ने व्यवस्था गरेको हो ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीज्यूको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय अनुसार बजार बन्द गरिएको बोर्डले जनाएको छ ।
FACEBOOK COMMENTS