काठमाडौं, कार्तिक २१ – प्रभु बैंक ले आज बिहीबार देखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बिक्रि खुला गरेको हो ।
बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । बैंकले ‘१०.२५% प्रभू बैंक डिवेञ्चरु ‘नामको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गर्ने जनाएको छ । सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ ।
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।लगानीकर्ताले आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिनसक्नेछन् ।
FACEBOOK COMMENTS