काठमाडौँ । आज वर्षकै सबैभन्दा लामो दिन पनि हो ।आज एकै साथ दुई वटा दिवस मनाइन्छ ।जून २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस तथा अन्तर्राष्ट्रिय संगीत दिवस मनाउने गरिन्छ ।संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जून २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाइन्छ ।
संगीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङले सन् १९८१ मा सर्वप्रथम विश्व संगीत दिवस मनाउने अवधारणा सार्वजनिक गरेका थिए ।
त्यसअघि अमेरिकाकी संगीतकार योएल कोहेनले सन् १९७६ मा यो दिवस मनाउने कुरा चलाएका थिए ।उक्त वर्ष फ्रान्समा मात्र मनाइएको विश्व संगीत दिवस बिस्तारै विश्वभर नै मनाउन थालिएको हो ।
लामो दिन कसरी बिताउने भन्ने जिज्ञासाको समाधान खोज्ने क्रममा संगीत सुनेर बिताउनु उपयुक्त हुन्छ भन्ने मान्यताले पनि यो दिवसको जन्म भएको मान्नेहरू धेरै छन् ।त्यसै पनि संगीत विश्वव्यापी भाषा मानिन्छ ।विश्वव्यापी भाषा भएकैले नेपालमा पनि विश्व संगीत दिवस मनाउन थालिएको छ ।मादल, सारंगी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिक बाजाहरूले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएको छ ।
नेपालमा २०५४ सालदेखि विश्व संगीत दिवस मनाउन थालिएको हो ।यद्यपि, कोरोना भाइसको संक्रमणको जोखिमका रण यो वर्ष तथा गत वर्ष अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाउन पाइएको छैन ।
FACEBOOK COMMENTS