काठमाडौं, वैशाख ३१ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४,३०७ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४७२ जना संक्रमित थपिएका छन् ।
यस्तै प्रदेश १ मा ९०५ जना, प्रदेश २ मा ४९९ जना, गण्डकी प्रदेशमा ६३० जना, लुम्बिनी प्रदेशमा १,१३४ जना र सुदूरपश्चिम प्रदेशमा ५२० जना संक्रमित थप भएका छन् ।
आज कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
आज प्रदेश १ को इलाममा २, उदयपुरमा ११, खोखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुममा ८, धनकुटामा ४३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा ४३४, सङ्खुवासभामा ४, सुनसरीमा १९७ र सोलुखुम्बुमा २१ जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा १४१, पर्सामा १३८, बारामा ४५, महत्तोरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३१, सर्लाहीमा १६ र सिरहामा २९ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २,४५८ काभ्रेपलाञ्चोकमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२ जना, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२ र सिन्धुलीमा ७७ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा २८४, गोर्खामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वतमा ५३, मनाङमा ०, मुस्ताङमा ०, म्याग्दीमा ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङ्जामा ३१ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासी पश्चिममा ५, पाल्पामा १०८, प्युठानमा ३, बर्दियामा १९, बाँकेमा ८७, रुकुमपूर्वमा १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७ जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्लामा १४, दैलेखमा ८, मुगुमा ०, रुकुमपश्चिममा २७, सल्यानमा ५९, सुर्खेतमा २८ र हुम्लामा ० जना संक्रमित थपिएका छन् ।
र, सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धरामा ४२, डोटीमा १३, दार्चुलामा ३, बझाङमा ०, बाजुरामा १ र बैतडीमा ६४ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS