काठमाडौं, कात्तिक १ – घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द भएका छन् । विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो । अदालतमा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरू खुला रहने सर्वोच्चले जनाएको छ ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ ।
जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ । उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन् ।
FACEBOOK COMMENTS