काठमाडौँ– नेपाल चलचित्र संघले आज (असोज २१) गते बिहीबारदेखि चलचित्र हलहरु खुल्ने जनाएको छ। कोभिड – १९ को संक्रमणको पहिलो र दोस्रो लहरबाट १८ महिनाभन्दा बढी समय पूर्ण रुपमा बन्द भएको हललाई केही निर्णयका साथ सञ्चालनमा ल्याउन लागिएको हो।
चलचित्र प्रदर्शन समितिका संयोजक अशोक शर्माका अनुसार एउटा नेपाली चलचित्र प्रदर्शन भएको कम्तीमा २ सातापछि दोस्रो चलचित्र प्रदर्शन गरिनेछ।
यस्तै स्वदेशी तथा विदेशी चलचित्रको शेयर बाँडफाँटको हकमा पहिलो सातामा निर्माता र वितरकलाई ५५ प्रतिशत शेयर रकम भुक्तानी गरिने र दोस्रो साताबाट ५० प्रतिशत भुक्तानी गरिने व्यवस्था रहेको छ। यस्तै नेपाली चलचित्र प्रदर्शनकै मितिमा विदेशी चलचित्र प्रदर्शन नगर्ने निर्णय पनि समितिले गरेको छ।
यस्तै आगामी ३ महिनाभित्र प्रदर्शन हुने चलचित्रको मिति असोज २० गतेभित्र सार्वजनिक गरिसक्नुपर्ने जनाइएको छ। समितिले गरेको यो निर्णय ३ महिनाका लागि लागू हुने जनाइएको छ।
FACEBOOK COMMENTS