काठमाडौं, वैशाख २१ – निषेधाज्ञाको अवधीमा बेलुका पसल खोल्न नपाइने भएको छ ।उपत्यकाका तीन जिल्ला सीडीओहरुको मंगलबार बसेको बैठकले संक्रमणको जोखिम न्यूनीकरण गर्न बिहान १० बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबारदेखि बेलुका पसल खोल्न नपाइने बताएका छन। बेलुका समेत पसल खोल्न दिँदा भीडभाड बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको प्रशासनको निष्कर्ष छ ।
FACEBOOK COMMENTS