काठमाडौं, भदौ ९ । साताको दोस्रो दिन आज सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य ७३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६३ हजार १५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६२ हजार ७६० रुपैयाँ कायम गरेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आइतबार ८५० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ८६० रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
FACEBOOK COMMENTS