काठमाडौँ, असोज १४ – बुधबार सुनचाँदीको भाउमा वृद्धिले निरन्तरता पाएको छ । यसदिन सुन तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको थियो ।
FACEBOOK COMMENTS