काठमाडौं, चैत २४ – काठमाडौंमा अझै केही दिन वायु प्रदूषण स्थिर रहने भएको छ । कम्तिमा आज र भोलिसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने भएको हो ।
पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद् राजु प्रधानाङ् बताउँछन् । “आज र भोलि अझै काठमाडौंमा वायु प्रदूषण घट्ने अवस्था छैन । काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना देखिएको छैन । त्यसैले अहिलेकै अवास्था अझै आज र भोलि रहने छ,” उनी भन्छन्, “सोमबार जस्तै आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहने छ । उच्च वायु प्रदूषणका कारण भिजिविलिटी कम हुने छ ।”
हिजो काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने मौसमविद् प्रधानाङ बताउँछन् । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन ।
FACEBOOK COMMENTS