काठमाडौं, पुस ६ – आज डिसेम्बर २२ अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।
नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ ।
दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ ।
भोलीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।
आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ ।
साढे १० घण्टा मात्रै उज्यालो हुने आज थोरै समयमात्र घाम लाग्ने छ । चिसो मौसमका कारणले पनि नेपालका अधिकांश स्थानमा घाम धेरैबेर देखिन छाडेको छ।
FACEBOOK COMMENTS