काठमाडौं, माघ १६ – विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज बिहीबार श्रीपञ्चमी पर्व मनाइदैं छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ ।
वासन्त पञ्चमीका नामले समेत चिनिने पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी विद्यार्थीले पूजा गर्ने चलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो ।
श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने गरिन्छ । यही दिन केटाकेटीको नाककान छेड्न पनि उत्तम मानिन्छ । यस दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक आफ्ना कला साधनाका वस्तु कलम, कापी, किताब र वाद्ययन्त्रलाई पूजा गर्ने गर्दछन् । सरस्वती पूजाको दिनमा देशभरका विद्यालयमा सरस्वती पूजाआजा हुने गरेको छ । कतिपय विद्यालयले यही दिनको अवसर पारी भर्ना अभियान पनि सुरु गरेका छन् ।
यस दिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइ“चो लाग्नेगर्छ । आज शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा पनि लिने गरिन्छ ।
FACEBOOK COMMENTS