काठमाडौं, चैत्र २१ – सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा स्वयम्भु क्लब र विरगंज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
स्वयम्भु र विरगंजबीचको खेल १२:३० बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको स्वयम्भुले ५ खेलमा ९ अंक जोडेको छ । विरगंजको १० अंक रहेको छ । यस्तै दोस्रो खेलमा महाबिर क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
महाबिर र समाजबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ । समूह ‘ए’ को महाबिरले ५ खेलमा ४ अंक जोडेको छ । समाज कल्याणले ५ खेलमा ६ अंक जोडेको छ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
FACEBOOK COMMENTS