डिएन घिसिङ ,
खेलकुद मुलतःस्वस्थ शारीरिक र मानसिक पहिचानको पर्यायवाची हो।यसर्थ आधुनिक खेलकुदलाई दुई भागमा बिभाजन गरिएको छ।शारीरिक शक्ति प्रयोग गर्ने खेललाई फिजिकल पर्फमेन्स स्पोर्ट्स र शारीरिक श्रम बिना खेलीने खेललाई मास्टर स्पोर्ट्सको रुपमा परिभाषित गरिएको छ। अन्तरास्ट्रिय जगतमा खेल विविधताको बिषयमा ब्यापक बहस हुदै आएता पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमीटिले भने फिजिकल पर्फमेन्सलाई बढवा दिदै शारिरिक श्रम हुने गतिविधिलाई खेलको रुपमा अर्थ्याएको छ ।
\यद्यपि मास्टर स्पोर्ट्सलाई पनि ओलम्पिक खेल लगायतका गतिविधिमा कसरी सामेल गर्न सकिन्छ भन्ने बिषयमा छलफल अगाडि बढाएको पनि छ। मास्टर स्पोर्ट्स र फिजिकल स्पोर्ट्स बारे निम्न अनुसार बर्णन गरिएको छ।
मास्टर माइन्ड स्पोर्ट्स: माइण्ड खेल गतिविधिहरू रमाईलो प्रकृतिका हुन्छन् र मस्तिष्कलाई चुनौती पेश गर्छन, दिन्छन् । यस्ता खेलहरूमा सोच्न, रणनीतिकै बनाउन र जानकारी गराउने सबै खेलहरू पर्दछ। जुन दिमागलाई अभ्यस्त गराउन मद्दतगार हुन्छ । यी खेलहरूले मानसिक मेमोरी, सोच, प्रतिक्रिया समय, र संज्ञानात्मक क्षमता सुधार गर्दछ।यी खेलहरू वास्तवमा किन जरुरी छ त ?
जबकि यो विश्वास गर्न गाह्रो लाग्न सक्छ, केहि खेलहरू खेल्दा मस्तिष्कको कार्य जारी राखेर डिजेनेसन र मेमोरीको कृयाशिलता सकृय देख्न सकिन्छ। यसलाई छिटो राख्ने जस्ता कलाहरु यस प्रकृतीको खेलमा पर्दछ।माइन्ड खेलहरू प्राय: डिजाइनमा सरल हुन्छन् तर ठूलो प्रभावकारी रहन्छ।मानसिक तन्दुरुस्ती, शारीरिक फिटनेस जत्तिकै महत्त्वपूर्ण छ। दैनिक तालिकामा मानसिक निपुर्णता अभ्यासहरू समावेश गर्नाले दिमाग तेज बन्ने र आउने समयको लागि स्वस्थ शरीरको लाभ उठाउन मद्दत गर्दछ।
मानसिक फिटनेस भनेको दिमाग र भावनात्मक स्वास्थ्यलाई शीर्ष आकारमा राख्नु हो।यसको मतलब आईक्यू टेस्ट एक्सेस गर्ने होइन।यसले व्यायामहरूको एक श्रृंखलालाई जनाउँछ र मद्दत गर्दछ। यो कुनै आश्चर्य लाग्दो कुरा होइन कि जति धेरै शरीरलाई मद्दत गर्दछ,त्यति नै आफ्नो दिमागलाई मद्दत गर्न सहयोग गर्नु हो। मानसिक व्यायाम पनि लाभदायक छ।अमेरिकाको नेशनल एकेडेमी अफ साईन्सका सोधकर्ताले गरेको अध्ययन अनुसार,केही स्मृति प्रशिक्षण अभ्यासहरूले “तरलता बुद्धिमत्ता” लाई बढाउन सक्ने, तर्क गर्न र नयाँ समस्याहरूको समाधान गर्ने क्षमताको विकास हुने जिकिर गरेका छन्। ।मानसिक कार्यहरू विभिन्न चरणहरूमा आवश्यक रहने र उमेर समुहमा समेत प्रभाव हुने उक्त सोधले देखाएको छ।
फिजिकल एक्टिभिटी स्पोर्टस: शारीरिक व्यायाम भनेको शारीरिक स्वस्थता र समग्र स्वास्थ्यको विकास गर्न वा यसलाई कायम राख्न केही गतिविधिको प्रदर्शन हुनु हो। यो अक्सर खेलाडीको क्षमता वा सीपको सम्मान गर्नेतर्फ निर्देशित हुन्छ।आधुनिक खेल गतिविधिमा भने फिजिकल स्पोर्टसलाई निकै महत्वका साथ हेरिएको छ।मानव शास्त्रको एक अध्ययनले समेत एतिहासिक र समकालीन विश्व खेल ब्रित्तमा क्रस सांस्कृतिक र जैविक समझदारीलाई पर्यायबाचिको रुपमा लिईदै आईएको अर्थ्याएको छ।
द्रुत गतिमा प्रत्यक्ष शारीरिक व्यायामले खेलको सामाजिक आर्थिक,राजनीतिक र सांस्कृतिक आयामहरूको विश्लेषण गर्दछ।यस्ता खाले खेलले विश्वभरका व्यक्ति र समुदायहरूको अन्तर सम्बन्धमा प्रभाव पार्दछ। फिजिकल एक्टिभिटी खेल बिज्ञान बिषयमा आधारित रहेको छ। जस अन्तर्गत मनोबिज्ञान (Sports Psychology ),गन्तब्य र क्षेत्र (Track and Field ),जीवगति विज्ञान (Biophysics),शरीरबिज्ञान (Physiology),शरीर रचना(Anatomy) जस्ता महत्वपूर्ण बिषयमा केन्द्रित रहेको हुन्छ।
खेलकुदले सबै प्रकारका प्रतिस्पर्धी वा गैर प्रतिस्पर्धी शारीरिक गतिविधि वा खेलहरू समेटेको छ। क्याजुएल वा संगठित फ्रेम भित्र अभ्यास वा प्रतिस्पर्धा गर्न सकिन्छ। खेलले शारीरिक क्षमता र मानसिक क्षमताको सीप सुधारको गर्न सघाउ पुर्याई राखेको हुन्छ। यसका अलवा स्वयं मनोरञ्जन र प्रत्यक्ष वा अप्रत्यक्ष दृष्टिगोचरबाट समेत मनोरञ्जन दिलाई राखेको हुन्छ।
शारीरिक र मानसिक गतिविधिहरू जुनसुकै खेलका लागी महत्त्वपूर्ण छन।खेल भावनाले दिमागमा खुशी हुने रसायनिक तत्व उत्पन्न गर्छ । शारीरिक गतिविधिले मस्तिष्कमा अक्सिजनको प्रवाह बढाउँछ।खेलमा सहभागी हुने प्रत्येक खेलाडीलाई स्वास्थ बनाउनुका साथै उर्जाशिल पनि बनाउन मद्धत गर्दछ।त्यसकारण आजको जस्तो ब्यस्त र बढदो प्रदुषणयुक्त समाजमा व्यतित गरिने दैनिकी जीवनको लागी खेल गतिविधि स्वस्थ्यको लागी बरदान साबित भएको छ।
FACEBOOK COMMENTS