डिएन घिसिङ
खेलकुदको महत्त्वपूर्ण पक्ष भावना हो।चरित्र निर्माण सदाचारको जग हो।मानिसको रुचि,योग्यता,सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखी आवश्यकता अनुरूप स्वतन्त्रता प्रदान गरी उसको सर्वाङ्गीण विकासका लागि खेल नैतिकलाई अलग्गै स्थान दिइएको छ। ती गुणहरूले राष्ट्र र राष्ट्रिय पहिचानको धारणालाई अर्थपूर्ण समेत बनाउछ ।
खेलकुदलाई नितान्त मनोरञ्जन र प्रतिस्पर्धाको रुपले हेरिने भएता पनि आधुनिक खेलकुद नैतिक बन्धनमा समेत बाधिएको छ। खेलाडी,प्रशिक्षक वा खेल ब्यबस्थापकले मैदानमा देखाउने शिस्टतालाई अन्तर्राष्ट्रिय खेलकुद मन्चमा बिशेष महत्वका साथ हेरिने गरिन्छ। आधुनिक खेलकुदमा मुलत सामान्य चरित्र निर्माण,खेल मार्फत चरित्र निर्माण, चरित्र निर्माणका रणनीतिहरू आधुनिक खेलका प्रमुख नीतिशास्त्र मानिएको छ।कुनै पनि खेलले एक व्यक्तिलाई शारीरिक पक्षहरूमा बढी जोड गर्दछ।तर पुर्णतया यसले चरित्र बनाउँन सिकाउँछ र सामरिक सोच विकास गर्न प्रेरित गराउँदछ।खेलको नतिजासँग भन्दा पनि सामरिक महत्वको सिद्धांतलाई खेलले उच्च स्थान दिएको हुन्छ।
खेल गतिविधिमा व्यापकतासँगसंगै विविधता रहेको हुन्छ। कुनै पनि खेल क्रियाकलाप र सम्भावित विवादास्पद प्रभावहरु असंख्य हुन सक्छन। यद्यपि सामान्य शब्दहरूमा प्रश्नको उत्तर दिन अपर्याप्त भए पनि खेलकर्मीलाई भने अनुभव र उपयुक्त अनुसन्धानले सहज बनाउन मद्दत गरेको हुन्छ। यसको मुल ध्येय खेलाडीको खेल जीवन अर्थपूर्ण रहोस् भन्ने नै हुन्छ । यस अर्थमा पनि खेल गतिविधीमा चरित्र आफैमा एक महत्वपूर्ण पक्ष हो ।
अमेरिकाबाट प्रकाशित द स्पोर्ट्स जर्नलमा डा.एन्डी रुड र डा.शेरोन स्टोलले संयुक्त रुपमा तयार गरेको खेलाडी चरीत्र बारेको सोधले यसलाई थप रुपमा पुस्टी गरेको छ।उनीहरुको सोध मुलत: कस्तो प्रकारको चरित्र खेलाडीहरूसँग निहित रहन्छ भन्ने तर्फ केन्द्रित छ।खेलाडी र गैरखेलाडी बिचको नैतिक असमानता बारेमा समेत सोधमा उल्लेख गरिएको छ।मुलतः चरित्र निर्माण खेल जीवनमा मह्त्वपुर्ण साबित हुने तर्क पेश गरेका छन्।

खेलमा दुई भिन्न प्रकारका चरित्रहरू देखा पर्छन । सामाजिक र नैतिक।सामान्यतया सामाजिक चरित्रमा वफादारी, समर्पण, त्याग, टोली ब्यबस्थापन र असल व्यक्तित्व पर्दछ । जबकि नैतिक मूल्यमान्यतामा इमान्दारी, निष्पक्षता, निष्पक्ष खेल, न्याय, र उत्तरदायित्व समावेश रहेको हुन्छ।

वास्तवमा खेल चरित्र कसरी निर्माण हुन्छ ?

सतहमा प्रत्येक खेलाडीको भावना लुकिरहेको हुन्छ।वैज्ञानिक सोच,सामाजिक मनोविज्ञान र व्यवहार न्यूरोसाइन्सले यस आधारभूत प्रश्नको उत्तर दिन कोशिस गरेको छ। यद्यपि विचार र विचारहरूको विविधता यति विशाल छ कि, यसले उत्तरमा पनि विविधता झल्काउने गरेको छ । खेलकुदमा लामो समयसम्म अनुशासनको पालना स्थायित्वका हिसाब र दायित्व बोधको सवालमा महत्वपूर्ण कडि मानिन्छ । खेल कौशलको विकास,खेलकुद अनुभवको नतिजा आदीले व्यवहार परिवर्तनमा कस्तो प्रभाव पार्छ भन्ने बिषय अझै पनि बहसको रुपमा रहेको छ । यद्यपी खेलमा प्रत्यक्ष सहभागिता र खेलाडीको बिचको अन्तर सम्बन्धबाट नै चरित्र निर्माणको जग निर्माण हुने कुरालाई बलियो तर्कका रुपमा लिन सकिन्छ ।

खेलकुदमा जटिल परिस्थितिको निगरानी वा नियन्त्रणको लागी सबै अन्तर्राष्ट्रिय खेलहरूले आफ्नो मातहतका इथिक्स कमिटीहरु मार्फत समाधान निकाल्न एउटा छुट्टै समिति समेत खडा गरेका हुन्छन।साथै खेलाडीहरूले खेल स्थल बाहिर शक्तिबर्धक औषधि सेवन, ठगी, दुर्व्यवहार र दुर्व्यवहार गराउन प्रोत्साहन गर्ने निषेधित कार्य गर्न सक्ने हुँदा सो को नियन्त्रण र नियमनका लागि अर्थात खेलकुद क्षेत्रको बाहिरका अपराधहरूका घटनाहरूलाई निगरानी वा नियन्त्रणमा सघाउ पुर्याउन इथिक्स कमीटीले उल्लेख्य भुमिका खेलेको हुन्छ।इथिक्स कमीटी अर्थात नैतिक समिति मार्फत चरित्रको उत्कृष्टताको अनुसरण गर्ने अवसर मात्रै प्रधान गरिदैन आपसी प्रोत्साहन,चुनौती र समर्थन जस्ता प्रोत्साहनलाई बढवा दिने कार्य गरिएको हुन्छ ।

आफ्नो धर्म संस्कृती, आस्था एवम् मुल्य मान्यताको आधारमा पनि खेलाडीको सहभागीता, दृष्टिकोण एवम् प्रस्तुती उजागर हुने अन्तर्राष्ट्रिय अनुसन्धानले पत्ता लगाएको छ। खेलकुदमा भाग लिनु समाजको प्रमुख हिस्सा रहन्छ नै । व्यक्तिहरू स्वास्थ्य निर्माण र खेल कौशलता मार्फत प्रतिस्पर्धामा अब्बलता प्रस्तुत गर्ने संकल्पका साथ खेल गतिविधीमा सहभागी रहने गर्दछन् । खेल, खेल गतिविधिका लागि मात्र नभई चरित्र निर्माण र समाजीकरणका लागि समेत मद्घतगार हुने हुँदा समाजमा यसले उच्च महत्व राख्दै आएको पनि छ ।
FACEBOOK COMMENTS