डिएन घिसिङ
आधुनिक खेल गतिविधिले समानताको प्रगतिमा सकारात्मक प्रभाव मात्र नभई एउटा शसक्त मञ्च समेत प्रदान गर्दछ । लैङ्गिक तथा सामाजिक विभेद बीचको क्षेत्रीय एवम् महादेशीय अन्तरसम्बन्धलाई खेलकुदले बढुवा दिदै आधुनिक पहिचानको बाटोमा अग्रसर देखाएको छ।आधुनिक खेलकुद, ओलम्पिक खेलहरु, विश्व तथा क्षेत्रीय स्तरका महाकुम्भ खेल महोत्सवको ऐतिहासिक पक्षलाई सिलसिलाबद्ध रुपमा नियाल्ने हो भने यावत संस्करणसम्म पुरुषहरुको दबदबा कायम रहेको देखिन्छ । अर्थात भनौ खेलको परिधि अपवाद वाहेक पुरुष मात्रमा सिमित रहने गर्दथ्यो । आधुनिक ओलम्पिकको प्रारम्भिक चरणमा पनि महिलाहरूको प्रतिनिधित्व नगन्य नै थियो । जब अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बिशेष समितिले ‘सबैका लागि खेलकुद’ भन्ने नारा अघि सार्यो तब यससँगै खेल गतिविधी र प्रतियोगिताहरुमा महिला अर्थात नारीहरुको सहभागीतालाई ह्ववात्तै बढायो । क्रमश: खेलकुदमा महिला खेल विकास समिति गठन हुन पुग्यो । फलस्वरूप सन १९०० को पेरिस गृस्मकालिन ओलम्पिक खेल महाकुम्भमा पहिलो पटक महिला खेल स्पर्धा समावेश गरियो । उक्त ओलम्पिकमा निकै न्यून संख्यामा महिलाहरुको सहभागी रहयो । यद्यपी खेलमा उत्साह जनक प्रदर्शन भए । तत् पश्चात् अन्तरराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यस कार्यलाई निकै महत्व दिन थाल्यो र सशक्त महिला कमिटी नै गठन गर्न पुग्यो ।
“ओलम्पिक खेलहरूमा महिलाहरूको समानताको एक लामो यात्रा रहेको छ र यो अझै पनि जारी छ।खेलकुदमा भाग लिने खेलाडीहरूको कुल संख्याको सन्तुलनमा लैजान समानता बढाउन ठूलो प्रगति भएको छ। नेतृत्व विकास, पैरवी र जागरूकताअभियान अघि बढाउदै र प्रशासनिक नेतृत्वको कमान सम्हाल्ने जिम्मेवारीका लागि थप महिलाहरु नियुक्त गर्ने परिपाटीलाई खेलकुदको साझा अभियान जस्तै बनाउनलाई खेलकुदको अन्तर्राष्ट्रिय संस्थाले उच्च प्राथमिकतामा राखेको छ। ”
त्यसो त विगतका पुरातन अभ्यासमा क्रमभंगता गर्दै ओलम्पिक कमिटीले लिङ्गिए समानता र मानव अधिकारको महत्त्वपूर्ण बिषयलाई ओलम्पिक चार्टरको आधारभूत सिद्धान्तका रूपमा अगाडी सार्यो । विश्व स्तरिय खेल र क्षेत्रीय खेल कुम्भहरुमा समेत क्रमिक रुपमा महिला खेलाडीको सहभागीतामुलक उपस्थितीको तड्कारो महशुस हुँदै जान थाल्यो र त्यसपस्चात महिला बीच हुने प्रतिस्पर्धात्मक खेलहरु समावेश हुन थाले । ओलम्पिक खेलहरूमा महिलाहरूको समानताको एक लामो यात्रा रहेको छ र यो अझै पनि जारी छ।खेलकुदमा भाग लिने खेलाडीहरूको कुल संख्याको सन्तुलनमा लैजान समानता बढाउन ठूलो प्रगति भएको छ। नेतृत्व विकास, पैरवी र जागरूकताअभियान अघि बढाउदै र प्रशासनिक नेतृत्वको कमान सम्हाल्ने जिम्मेवारीका लागि थप महिलाहरु नियुक्त गर्ने परिपाटीलाई खेलकुदको साझा अभियान जस्तै बनाउनलाई खेलकुदको अन्तर्राष्ट्रिय संस्थाले उच्च प्राथमिकतामा राखेको छ। ओलम्पिक खेल आन्दोलनका सहभागीहरूले पनि लैंगिक समानताको सवाललाई महत्व दिदै चार्टर कार्यान्वयन माथि जोड दिएका छन्, ताकी महिलाहरुलाई अधिक पहुँच र खेलमा भाग लिने वातावरण सहज बनाउन सकियोस । तथापि, यसको कार्यान्वयनमा केही जटिलताहरु भने पक्कै छन्।
“गर्भावस्थामा महिला खेलाडीले कुन बेला प्रतिस्पर्धा बन्द गर्नु पर्दछ भन्ने एकिन गर्न मुश्किल रहन्छ । सहभागिता सम्बन्धी निर्णयहरू महिला स्वास्थ्यकर्मी वा सेवा प्रदायकको साथ परामर्श लिएर शारीरिक गतिविधिको खेल बाहेक दिमागले खेल्ने खेलहरुमा भने सहभागी रहन सक्ने विज्ञहरुले अर्थ्याएका छन् ।”
विभिन्न सर्बेक्षणले ओलम्पिक खेलमा गर्भवती महिलाहरूको सहभागीताको सवाल र सुरक्षित खेल जीवन बारे पटाक्षेप भए गरेको पाईन्छ । विशेषत: अझैसम्म पनि सुरक्षित तबरले कसरी स्पर्धा गराउन सकिन्छ र लौङ्गिक हिंसालाई कसरी हटाउन सकिन्छ भन्ने कुरामा भने साझा बहस यथावत छलफलको बिषय बन्दै आएको छ । गर्भावस्थामा महिला खेलाडीले कुन बेला प्रतिस्पर्धा बन्द गर्नु पर्दछ भन्ने एकिन गर्न मुश्किल रहन्छ । सहभागिता सम्बन्धी निर्णयहरू महिला स्वास्थ्यकर्मी वा सेवा प्रदायकको साथ परामर्श लिएर शारीरिक गतिविधिको खेल बाहेक दिमागले खेल्ने खेलहरुमा भने सहभागी रहन सक्ने विज्ञहरुले अर्थ्याएका छन् । संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तर्राष्ट्रिय गैर संस्था युनेस्कोले शिक्षा तथा खेलकुदको अन्तर्राष्ट्रिय चार्टरमा कायम प्रावधान उपर सन १९७८ मा गरेको बहस निकै प्रभावकारी साबित भएको मानिन्छ । सो बहसबाट मानवअधिकारको प्रभावकारी अभ्यासका लागि एक आवश्यक शर्त भनेको प्रत्येक मानिस आफ्नो शारीरिक, बौद्धिक र नैतिक शक्तिको विकास र संरक्षण गर्न स्वतन्त्र हुनुपर्दछ भन्ने निस्कर्श निकाले थियो । साथै, शारीरिक शिक्षा र खेलकुदको पहुँच सबै मानिसका लागि निश्चित र ग्यारेन्टी हुनुपर्ने बिषयमा जोड दिईएको थियो । खेल खेल्नु र शारीरिक गतिविधिहरू मानव अधिकारको रूपमा मान्यता प्राप्त छ, त्यसैले दुवै समान रूपले हुन्छ । यद्यपि, लैंगिक भेदभाव खेलकुदमा अद्यापी कायमै रहेको देखिन्छ । हालका वर्षहरूमा स्थिति बिस्तारै सुधार भएता पनि पूर्णतया विभेद हटन सकेको छैन । यसमा आर्थिक, सामाजिक, सांस्क्रितिक पक्ष महत्वपूर्ण सवालका रुपमा देखिन्छ ।
“मकालिन समयमा धेरै प्रसिद्ध महिला एथलीटहरूले पृथक पहिचान बनाउदै विश्वमा आफुलाई स्थापित तुल्याएका छन्। सफलताका गाथा मात्र होईन संघर्शका कथा समेत उनीहरुले बोकेका छन्। तिनै मध्ये केहीको नाम लिनु पर्दा आउने नाउँ हो -सेरेना विलियम्स, साइमन बिल्स, र एलेक्स मोर्गन।”
समकालिन समयमा धेरै प्रसिद्ध महिला एथलीटहरूले पृथक पहिचान बनाउदै विश्वमा आफुलाई स्थापित तुल्याएका छन्। सफलताका गाथा मात्र होईन संघर्शका कथा समेत उनीहरुले बोकेका छन्। तिनै मध्ये केहीको नाम लिनु पर्दा आउने नाउँ हो -सेरेना विलियम्स, साइमन बिल्स, र एलेक्स मोर्गन। यद्यपि, खेल संसारमा अझै पनि पुरुषहरूकै प्रभुत्व छ र महिला एथलिटहरूले असमानताको सामना गरिरहेका छन् ।यस बिषयलाई वर्तमान समयको एक महत्वपूर्ण सामाजिक समस्या मान्न सकिने कुरामा युनेस्कोका अभियन्ताहरु एक मत रहेका छन्।एकथरी ओलम्पिक अभियान्ताहरुले भने पश्चिम राष्ट्रको प्रतिनिधित्व गर्ने महिलामा भन्दा एसियाली राष्ट्र मध्ये अरबका महिलाहरुमा संस्कृतिको बाध्यकारी बन्धन रहेकोमा चिन्ता प्रकट गरेका छन् । अर्को तर्फ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रशासनले मानव संसाधनको लागि बजेट, खेलकुद र चित्रणमा ध्यान दिएको छ ।कार्य आधारित सिफारिसहरू मार्फत सम्पूर्ण ओलम्पिक आन्दोलनमा लैंगिक समानतालाई बलियो बनाउनुपर्ने ठोस परिणामहरू प्राप्त गर्न ध्यान दिदै आईएको पनि छ । लैंगिक समानता पुनरावलोकन र परियोजनाका लागि क्षेत्रीय तथा राष्ट्रिय ओलम्पिक कमिटीहरुको साथ लिईएको छ ।
“दैनिक रूपमा खेलाडीहरूले सामना गर्नुपरेका चुनौतिहरू पुरुष खेलाडीको तुलनामा महिला खेलाडीहरूले अभ्यास चरणमा र खेल प्रदर्शन स्थलमा धेरै जटिलताहरूको सामना गर्नु पर्दछ। खेलकुदमा समिलित महिलाले आफ्नो शरीरको गतिविधि वा नियन्त्रणलाई अन्य नारीवादी कार्यहरू जत्तिकै समाजमा कृयाशिलता देखाएको हुन्छ ।”
परिवर्तनको दृष्टिकोण विकसित गर्न समानताको व्यापक अभियानले साझा आकर्षणको भाव झल्काएको छ । केहि खेलहरू महिलाहरूका लागि विशिष्ट हुन्छन् । दैनिक रूपमा खेलाडीहरूले सामना गर्नुपरेका चुनौतिहरू पुरुष खेलाडीको तुलनामा महिला खेलाडीहरूले अभ्यास चरणमा र खेल प्रदर्शन स्थलमा धेरै जटिलताहरूको सामना गर्नु पर्दछ। खेलकुदमा समिलित महिलाले आफ्नो शरीरको गतिविधि वा नियन्त्रणलाई अन्य नारीवादी कार्यहरू जत्तिकै समाजमा कृयाशिलता देखाएको हुन्छ । खेलकुदमा भाग लिने खेलाडीहरूको कुल संख्याको सन्तुलन, नेतृत्व विकास, पैरवी र जागरूकताले नेतृत्वदायी भूमिकामा महिलालाई स्थापित गर्दै सशक्तीकरण गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेको छ । फलत: खेलकुदमा लैंगिक विभेदको अन्त्य र लैङ्गिक हिंसाको अन्त्य गर्न मात्र नभई समानता बढाउन ठूलो प्रगति हासिल भएको छ।
FACEBOOK COMMENTS