काठमाडौं,फागुन ७ – नेपाल विज्ञापन संघले एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन गरेको छ ।
नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मि, विज्ञापन श्रर्जक, विज्ञापनदाता, विज्ञापन वजारका विद्यार्थी र व्रान्डसंग सम्वन्धित व्यक्तिहरुलाई समेटने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्र कुमार रिजालले बताए ।
नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ सुजनराजा श्रेष्ठ द्वय नियुक्त भएका छन् ।
उक्त कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खडकिएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ क्लबले पहल गर्ने बताए । एड क्लव अफ नेपालमा डेपुटि गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाही र अनन्त राज घिमिरे रहेका छन् ।
एड क्लव अफ नेपाल आनको भगिनी संस्था हो ।
FACEBOOK COMMENTS