दिपक पराजुली,
हेटौडा, कात्तिक ४ – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमरकट्टेलले चाडपर्व भत्ता नलिने बताएका छन्। मन्त्री जमरकट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै आफुले दशै भत्ता नलिने बताएका हुन ।
जमरकट्टेलले आफ्नो स्टाटसमा ‘देश कोरोना भाईरसबाट आक्रान्त भईरहेको बेलामा नेपाली समुदायलहरुले मनाउने महान चाडपर्वको शुरुवात भएको छ ।
यस्तो भयाबह अवस्थामा मनाउने चाडपर्व वापत आउने एक महिना बराबरको थप तलब नलिने र बागमती प्रदेश कोरोना भाईरस रोकथाम को कोषमा जम्मा गर्ने जानकारी गराउन चाहन्छु’ उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS