काठमाण्डौँ — आन्तरिक राजस्व कार्यालय भैरहवाले कर नतिर्ने, बक्यौता राख्ने र विवरण नबुझाई कारोबार गरिरहेका व्यवसायीलाई कारबाही गर्ने तयारी गरेको छ ।
आफू मातहत रहेका उद्योगी व्यवसायी तथा संघसंस्थालाई बक्यौता आयकर, मूल्यअभिवृद्धि कर र अन्तशुल्क यही फागुन महिनाभित्रै दाखिला गर्न आग्रह गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवीराम भण्डारीले बताए ।
कार्यालयले पछिल्लो समय पत्रपत्रिका र एफएम रेडियोमार्फत बक्यौता रकम दाखिला गर्न र विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गर्दै आएको छ ।
यस क्षेत्रका उद्योग वाणिज्य संघ, व्यापार संगठन, होटल एसोसियसनलगायतका सरोकारवाला संस्थामार्फत पनि पहल भइरहेको प्रमुख कर अधिकृत भण्डारीले बताए ।
भैरहवा कार्यालयअन्तर्गत बक्यौता कर २३ करोड रूपैयाँ रहेकोमा पुस मसान्तसम्म ८ करोड दाखिला भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS