काठमाडौं– आन्तरिक राजस्व विभागको महानिर्देशकमा विनोद कुँबर नियुक्त भएका छन् । अर्थ प्रशासनभित्र स्वच्छ छबि बनाएका कुँबरलाई अर्थमन्त्री डा.युवराज खतिवडाको रोजाईँमै विभागको महानिर्देशक बनाइएको स्रोतको दाबी छ ।
विष्णुप्रसाद नेपाललाई कर्णाली प्रदेश सरुवा गरेपछि विभागको महानिर्देशक खाली थियो।कुँबरले सोमबारदेखि विभाग सम्हाल्नेछन्।
विभागकै उपमहानिर्देशक यज्ञ ढुंगेल अर्थको नीति विश्लेषण महाशाखामा सरुवा भएका छन्।ढुंगेलको ठाउँमा मुक्ति पाण्डे आएका छन्।पाण्डे गण्डकी प्रदेशबाट केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
यस्तै भन्सार विभागको महानिर्देशकमा सुमन दाहाल आएका छन्।उनी अर्थमन्त्रालयको अर्थ प्रशासन महाशाखा प्रमुख थिए। रामेश्वर दंगाल गण्डकी प्रदेश सरुवा भएपछि दाहाललाई विभागमा महानिर्देशक बनाएर ल्याइएको हो।
FACEBOOK COMMENTS