काठमाडौं, पौष १९ – नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहको स्थायी कमिटी बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम र पार्टी पुर्नगठन मुख्य एजेण्डा रहेको बुझिएको छ ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठकमा अन्य दलहरुसँग संयुक्त रुपमा आन्दोलनमा जानेबारे छलफल गरिदैछ । उनले पार्टीको संगठन पुर्नगठन र सुदृढीकरणबारे पनि छलफल हुने बताए ।
नेकपा प्रचण्ड समूहले देशको समग्र घटनाक्रमबारे समिक्षा गरी आन्दोलनलाई सशक्त बनाउनेबारे छलफल गर्दैछ ।
FACEBOOK COMMENTS