काठमाडौं, वैशाख ८ – त्रिभुवन अन्तर्राष्टि विमानस्थलले आफन्तलाई विदाई गर्न नआउन अपिल गरेको छ । विमानस्थलले कोरोना भाइरहेको संक्रमण तीव्र गतिमा फैलिरहेको विदाई गर्न नआउन भनेको हो ।
विमानस्थलले अत्यावश्यक परेमात्र विमानस्थल क्षेत्रमा प्रवेश गर्न सर्वसाधारणलाई भनेको छ ।
मंगलबार जारी भएको सूचनामा भनिएको छ, ‘विमानस्थल हाताभित्र विदाई कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगर्नुहोला ।’
यसैगरी, विमानस्थलमा प्रवेश गर्दा अनिवार्य मास्क प्रयोग गर्न र शरिरको तापक्रम मापन गर्न भनिएको छ । योसहित, स्यानिटाइजरको प्रयोग समेत गर्न विमानस्थलले भनेको छ ।
FACEBOOK COMMENTS