काठमाडौं,फागुन ६ – डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारीगर्दै महराले आफूमाथि लगाइएको आरोप गलत रहेको र अदालतले पनि त्यसको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् । महरालाई जिल्ला अदालत काठमाडौंले बलात्कारको मुद्दामा सफाई दिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु ।’
उनले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो,अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ ।’
FACEBOOK COMMENTS