काठमाडौं – आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका एक जनालाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ खिचापोखरी बस्दै आएका ११ वर्षीय भान्जा रोहित गुप्तालाई उनकै मामा ४५ वर्षीय राजेशकुमार गुप्तासहितले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए। रोहितको स्थायी घर भारतको बिहार प्रान्तस्थित मुझफरपुर जिल्ला हो।
भान्जाको हत्या भएको केही समयपछि फरार रहेका राजेशकुमारलाई शनिबार महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो।
त्यसबेला भान्जा रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै दुई लाख ५० हजार फिरौती रकम मागेका थिए।
फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा बोराभित्र राखेर फ्याँकिदिएका थिए।
FACEBOOK COMMENTS