काठमाडौँ — पूँजीबजारको सुधारको माग राख्दै आठ दिनदेखि रिले अनशन गर्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकालले आमरण अनशन सुरु गरेको जानकारी दिए ।
दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् ।
उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे ।
दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको बताए।
— नागरीक
FACEBOOK COMMENTS