काठमाडौं, १५ फागुन- साहित्यमा यस्ता शब्दहरु हुन्छन् जुन शब्दहरु दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहनु परेको हुन्छ । त्यस्तै मध्यको एक हरफ हो “आमाबुबालाई वृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ” ।
यो हरफ दैलेखमा शनिबार विमोचन भएको ‘जिवन यात्रा’ गजल संग्रहको हरफ हो । गजलकार बबिता बिष्ट(थापा)को गजल संग्रहमा लेखिएको हरफ साँच्चिकै समाजको यथार्थ बोकेको हरफ हो । ‘कला साहित्यको विकास र उत्थान–समाज परिवर्तनका लागि हाम्रो अभियान’ भन्ने नारालाई आत्मसाथ गर्दै साहित्यकार बबिता विष्ट(थापा)को पहिलो गजल संग्रह ‘जीवन यात्रा’ शनिबार विमोचन गरिएको छ । संग्रह विमोचन तथा रचना बाचन कार्यक्रम गर्दै उनको पहिलो कृति विमोचन गरिएको हो ।
FACEBOOK COMMENTS